
काठमाडाैं, १८ मंसिर । हिमालयन रि इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर ४ गतेदेखि विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ जारि गरेकाे थियाे ।
कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशनकाे अनुमति लिएकाे थियो। पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरूकाे लागि ३० लाख कित्ता रहेकाे छ । यस्तै कर्मचारीहरुका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता रहेकाे छ ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा सेयर जारि भएकाे हो। लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारमा रहेकाहरूले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । साथै ‘मेरो शेयर’ अनलाइन पनि दिन सकिनेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




