सुनको भाउले दिनदिनै रेकर्ड ताेड्दै, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । यसले दिनदिनै रेकर्ड ताेडिरहेकाे छ । सुनको भाउ आज बढेर हालसम्मै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने भाउ चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाादी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ८ सयले बढेको जानकारी दिएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।