नेप्सेमा ३.४२ अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ मंसिर । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

सेयर बजारका जानकारहरुका अनुसार अब सेयर बजारको लय नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको समिक्षापछि मात्रै त्यसले लिने लयलाई पर्खिनु पर्नेछ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.२० विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेर ३५३.२१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये पाँच वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल २९२ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३८ लाख ९६ हजार २८७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ ६९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७२३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.०६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।