विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ७० पैसा र बिक्रीदर १०० सय रुपैयाँ १५ पैसा रहेको छ ।

आजको मूल्यसूचीः