इष्टर्न हाइड्रोकाे नाफामा सुधार, कुल नाफा ४ करोड २९ लाख

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ मंसिर । इष्टर्न हाइड्रोपावरले गत आर्थिक वर्षकोभन्दा नाफामा सुधार गरेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा बढेको हाे ।

यस अवधिमा कम्पनीले १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५५.८९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको कम्पनीको नाफा ९९ लाख ८१ हजार रुपैयाँ रहेकाे थियो।

कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँमा बढेर ४ करोड ६६ लाख रुपैयाँ कायम भएकाे छ। कुल नाफा ४ करोड ११ लाख रुपैयाँमा बढेर ४ करोड २९ लाख रुपैयाँ भएकाे छ।

कम्पनीको कुल खर्च घटेकाे छ । याे १ करोड ५३ लाख रुपैयाँबाट घटेर १ करोड ३३ लाख रुपैयाँ कायम भएकाे छ। कम्पनीको वित्तीय खर्च घटेर १ करोड ४० लाख रुपैयाँ भएकाे छ। यसैकाे कारण खुद नाफा बढेकाे हो।

प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ भने मूल्य आम्दानी रेसियाे १३०.६९ गुणा छ। कम्पनीकाे चुक्ता पूँजी ६२ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक छ।