सुनमा एकैदिन रु २४ सयले गिरावट, चाँदी पनि घट्यो

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सय तथा चाँदीमा रुपैयाँ ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सयले घटेर तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुनमा पनि तोलामा २ हजार ४ सयले घटेर तोलाको १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ४५ ले घटेर तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।