नेप्सेमा १०.१० अंकको गिरावट, साढे १ अर्बको कारोबार

- कारोबारमा माउन्टेन इनर्जि अब्बल

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ ।

लगातारको नेप्सेको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । अब उनीहरुका लागि पर्ख र हेरको अवस्था बाहेकको बिकल्प छैन ।

नेपाल राष्ट्र बैंकले यही सातामा मौद्रिक नीतिको समिक्षा ल्याउने बताईरहँदा त्यसमा केहि संवोधन होला कि भन्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.१० अंकले घटेर १८७३.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१४ अंकले घटेर ३५१.०७ विन्दुमा रहेको छ ।

यसदिन कुल २९२ कम्पनीहरुको सेयरको खरिदबिक्री भएको छ र उनीहरुको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माउन्टेन इनर्जि नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६२४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जि लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बिशाल बजार कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.५३ प्रतिशतले घटेको छ ।