अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५३ रुपैयाँ १० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ८५ पैसा रहेको छ ।

आजको मूल्यसूचीः