श्वेतगंगा हाइड्रोपावरकाे साधारण सभाका लागि यस्ता छन एजेण्डा

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मंसिर । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा मंसिर २६ गते डाकिएकाे छ । यसपटक सभामा लाभांशकाे प्रस्ताव पेश नहुने भएकाे छ । 

साधारणा सभामा आर्थिक वर्ष २०७९–२०८० को नाफा नोक्सान लगायतका विभन्न वित्तीय एजेण्डाहरूमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–२०८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ ।

साधारण सभाकाे प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गरिने भएकाे छ । साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले मंसिर १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा पूर्वान्ह ११ बजेदेखि डाकिएकाे छ ।