सुनचाँदीको भाउ घट्दै, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।