अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ६२ पैसा रहेको छ ।

आजको मूल्यसूचीः