स्वावलम्बन लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गर्ने बताएकाे छ ।

बुकक्लोजकाे मिति तय भइसकेकाेले सेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आज साेमबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू नै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।

लघुवित्तले हाल कायम रहेकाे चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसमा १२.३५९९ प्रतिशत बोनस सेयर रहेकाे छ । ०.६५०५ प्रतिशत गद लाभांश कर प्रयोजनका लागि रहेकाे छ।

संस्थाको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। लाभांश वितरणा भएपछि चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्ने भएकाे छ। सभामा अन्य उपयुक्त लागेका वित्तीय संस्थासंग गाभ्ने गाभिने कार्यकाे प्रस्ताव रहने भएकाे छ ।

यस्तै एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्तिका लागि आवश्यक काम गर्न त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिइने जनाइएकाे छ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस ४ गते विहान पूर्वान्ह ११ बजे २२औ साधारणसभा डाकेकाे छ।