बिहिबार सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

-



     सफल आवाज    
     मंसिर २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बृद्धि भएको छ । चाँदीको भाउ रुपैयाँ २० ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।