
काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ ।
एउटा व्यापार उपसमूहबाहेक सबै १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ ।
नेप्सेमा आएको सकारात्मक सुधारले लगानीकर्ताहरुको मनोबल बढेको छ । तर बजार स्थायी रुपमा नै उकालोको यात्रामा जान्छ भन्नेमा ढुक्क हुने अवश्था छैन ।
सेयर बजारमा बिगतदेखिका कतिपय मुद्दाहरु यथावत् रहेका छन् भने मौद्रिक नीतिको समिक्षा कस्तो आउने हो त्यो पनि पखाईको विषय भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.५८ अंकले बढेर ३५२.२८ विन्दुमा रहेको छ ।
यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटा व्यापार उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । कुल २९९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ९५ लाख ५ हजार ६०८ कित्ता सेयरको कारोबारबाट २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर ८६ करोड ८३ लाख ७८ हजार १ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमुल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.८१ अंकले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




