स्वावलम्बन लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनानका लागि संस्थाले बुकक्लोज गरेपछि नेप्सेले संस्थाकाे सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे जनाएकाे छ ।

आज नेप्सेले लघुवित्तको १२.३५ प्रतिशत बोनस सेयर समायोजन गरेको जनाएकाे छ । मूल्य समायोजन भएपछि लघुवित्तको सेयरमूल्य ६४० रुपैयाँ ८९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो दिनकाे कारोबार भएकाे अन्तिम मूल्यकाे आधारमा नयाँ मूल्य कायम गरेकाे हाे । बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले पुस ४ गते विहान पूर्वान्ह ११ बजे २२औ साधारणसभा डाकेकाे छ। हाल कायम रहेकाे चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसकाे १२.३५९९ प्रतिशत बोनस सेयर रहेको छ । कर प्रयाेजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

साधारणा सभामा अन्य उपयुक्त लागेका लघुवित्तसँग मर्जरमा जानका लागि छलफलकाे एजेण्डा रहेकाे छ । यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ।