शनिबार डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६८ रुपैयाँ २७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ८९ पैसा रहेको छ ।

आजको मूल्यसूचीः