सहज ट्रेड सहकारीकाे अध्यक्षमा ताम्राकार चयन

-



     सफल आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित



पाेखरा, २३ मंसिर । पाेखराकाे सहज ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला, सचिव माधव प्रसाद तिमिल्सेना ,कोषाध्यक्ष विश्व तण्डुकार ,सदस्यहरुमा मचराजा मर्हजन कल्पना शर्मा, रक्छे लामा रहेका छन् । लेखा समिति संयोजक राजु श्रेष्ठ,कमल कुमार प्रधान ,रामनारायण श्रेष्ठ रहेको समितिलाई निर्वाजन संयोजक बरिष्ठ अधिबक्ता दामाेदर अधिकारीले सपथ गराएका थिए ।

सो अधिवेशनको शुभारम्भ गदै सहकारीका संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाले सहकारी भावना र सिद्दान्त मा रही संस्था संचालनमा भएका सहकारीहरु लाई समस्या नपर्ने बताए । सो साधारण सभाले संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ,सचिव चिन्तामणि वास्तोला ,कोषाध्यक्ष माधव तिमिल्सिना ,ब्यवस्थापक विश्वहरी जोशी , लेखा संयोजक राजु श्रेष्ठ द्धारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको छ ।

२०६९ मा स्थानीयहरु द्धारा स्थापीत सहकारीको हाल सेयर पुजी ४ करोड ९६ लाख ,बचत १५ करोड ७४लाख ऋण लगानी १८ करोड रहेको छ । संस्थाका अध्यक्ष श्याम श्रेष्ठको सभापत्तित्वमा भएको कार्यक्रममा सल्लाहकार निरन्जन श्रेष्ठ ,उपाध्यक्ष सरीता ताम्राकार , सचिव चिन्तामणि बास्तोला , कोषाध्यक्ष माधव तिमिल्सीना लगायतले संस्थागत भनाई सहित विविध सम्मान गरिएको थियो ।