आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।