नेप्सेमा १११.२० अंकको बृद्धि, ४८ करोड बढीकाे कारोबार

-



     सफल आवाज    
     मंसिर २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेर बजार सकारात्मक लयमा गएको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समिक्ष पछि नेप्से आज एकै पटक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २१.४६ अंकले बढेर ३७३.७५ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियो लागेको छ । कुल २४४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १३ लाख ६७ हजार ६१५ कित्ता सेयरको खरिदबिक्रीबाट ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माउन्टेन इनर्जि नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनमएबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १.९७ प्रतिशतले घटेको छ ।