साढे १८ अर्बको ट्रेजरी बिलकाे बोलकबोल आज

-



     सफल आवाज    
     मंसिर २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ मंसिर। नेपाल राष्ट्र बैंकले जारी गर्ने १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलकाे जारी गर्न लागेकाे छ । यसबाट १४ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गरिने भएकाे छ भने ४ अर्बको नयाँ ट्रेजरी बिल जारी हुनेछ । 

बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल गरिने भएकाे छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिने भएकाे हो । यो ट्रेजरी बिल फागुन २९ गते परिपक्व हुने भएकाे छ ।

अर्काे १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न र ४ अर्बको नयाँसहित ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएकाे छ । यो ट्रेजरी बिल २०८१ जेठ २९ गते परिपक्व हुने भएकाे छ । अर्काे १ वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागिएकाे छ । यसकाे २०८१ मंसिर गते परिपक्व हुने राष्ट्र बैंकले सूचनामा जनाएकाे छ ।

व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा रहेकाे छ । यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक बोलकबोलमा सहभागी हुन पाउने भएका छन् ।

राष्ट्र बैंकले बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर साेहि क्रम अनुसार क्रमैसँग आह्वान गरिएकाे रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गर्दछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।