सुनको भाउमा ५ सयले गिरावट, चाँदीको पनि घट्यो

-



     सफल आवाज    
     मंसिर २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको रुपैयाँ १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेकाे छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।