
काठमाडाैं, २६ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्थाले पुस १८ गते आठौँ वार्षिक साधारण सभा डाकेकाे ।
संस्थाले सभा धरानकाे साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा रहेकाे भेडेटार भिलेज रिसोर्टमा बाेलाएकाे छ । साे दिन साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
साधारण सभामा अन्य उपयुक्त मािनएका लघुवित्तसँग गाभ्ने गाभिने लगायतका कार्य गर्नका लागि अख्तियारि संचालक सिमितलाई दिने प्रस्ताव अनुमाेदन गरिनेछ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, २ जना सञ्चालकहरुको चयन गर्ने लगायतका वित्तीय एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ।
साधारण सभाकाे प्रयोजनकाे लागि पुस ४ गते बुकक्लोज गरिने भएकाे छ। साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले पुस ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




