
काठमाडौं, २६ मंसिर । सुनको भाउ लगातार घटिरहँदा चाँदीको भाउ आज स्थिर रहेको छ ।
साताको सुनचाँदीको कारोबार हुने आज तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा रुपैया ७ सयले घटेको हो । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजारमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । चाँदी शुक्रबार कै भाउ तोलाको १ हजार ४ सय १० रुपैयाँ कायम भई कारोबार भईरहेको छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




