प्रि ओपन सेसन : नेप्सेमा ३.६१ अंककाे बृद्धि

-



     सफल आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ मंसिर । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेको छ । यसरी उक्लिएकाे नेप्से परिसूचक १९५२.१९ विन्दुम पुगेकाे हाे।

यस सेसनमा जम्मा ५१ कम्पनीहरूको सेयर काराेबार भएकाे छ । उनीहरूकाे २ हजार ७७ कित्ता सेयरकाे कारोबार हुँदा रूपैयाँ १० लाख २९ हजार बढीको कारोबार भएको छ ।

प्रि ओपन सेसनमा आज २७ वटा कम्पनीहरूको सेयर मुल्य बढेकाे छ । १८ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ भने बाँकी रहेका कम्पनीहरूको मूल्यमा फेरबदल भएकाे छैन ।