लुम्बिनी विकास बैंकले गर्याे लाभांश वितरणकाे घाेषणा

-



     सफल आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ मंसिर । लुम्बिनी विकास बैंकले सेयरधनीहरूका लागि ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस दिइने भएकाे छ । साथै त्यसकाे कर प्रयाेजनका लागि ४.५० प्रतिशत नगद लाभांशसहित ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेकाे हो । 

बैंकले घाेषणा गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले अनुमित दिएपछि तथा लुम्बिनी विकास बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरणा गरिने भएकाे छ ।

बैंकले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ९ प्रतिशत नगद लाभांशसहित १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।