हिमालयन रि इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ मंसिर । हिमालयन रि इन्स्याेरेन्सले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि सेयर आइपीओ जारि गरेकाे छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा रू १०६ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दर हुनेगरी सेयर खुलाएकाे हाे । 

कम्पनीकाे जारी पुँजी १० अर्ब रुपैयाँ रहेकोमा यसकाे ३० प्रतिशतले हुने ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि खुलाउन सेबाेनबाट स्वीकृति लिएकाे थियाे । 

साे सेयरबाट पहिलो चरणमा ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री भइसकेकाे छ। ६ लाख कित्ता कर्मचारीका लागि बाँडफाँड भइसकेकाे छ भने १५ लाख कित्ता सामूहिक लगानी कोषका रहेकाे छ । 

कम्पनीले बिक्री नगरिएकाे बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई खुलाएकाे हाे । सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ लाख कित्तासम्म माग गर्न सक्ने भएका छन् । सेयरमा आवेदन दिने अवधि पुस १ गतेसम्म रहेकाे छ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा पुस ११ गतेसम्म आवेदन दिन पाइनेछ ।

प्रिमियम मूल्यमा सेयर जारि गर्ने विषय बाहिर आएपछि अदालतमा मुद्दा परेको थियो । मंसिर २६ गते मंगलबारमात्र पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएपछि सेयर खुलाउन बाटाे खुले हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेकाे छ ।