नेपाल इन्स्याेरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ मंसिर । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भाेलि मंसिर २८ गते बुक क्लोज गर्ने बताएका छन् । यी दुबै कम्पनीकाे साधारणा सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै लाभांश पाउन याेग्य मानिनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२% नगदसहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसका लागि कम्पनीले पुस १३ गते साधारण सभा डाकेकाे छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पूर्वान्ह ११ बजे बाेलाएकाे छ । 

मितेरी डेभलपमेन्ट बैंकले ९.५० प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.५०% नगदसहित १० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । लाभांशकाे प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस १४ गते साधारण सभा बाेलाएकाे छ । साे सभा सुनसरी उद्योग वाणिज्य संघ, धरानमा पूर्वान्ह ११ बजेदेखि बेालाइएकाे छ ।