नेप्सेमा दोहोरो अंकको बृद्धि, करिब ४ अर्बको कारोबार

- काराेबारमा सोनापुर मिनरल्स एण्ड आयल अब्बल

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर उकालो लागेको छ । यसदिन नेप्से सामान्य ढंगले बढेको हो । नेप्सेले लिएको सकारात्मक लयले लगानीतर्काहरुको मनोबल बढाएको छ ।

यहि समयमा बैंकहरुमा ब्याजदर घटाईएको तथा यसपटकको मौद्रिक नीतिको समिक्षाले सकारात्मक बन्न सहज बनाएको अर्थबजारका जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा चढेको छ । नेप्सेमा ०.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले बढेर ३७५.३० विन्दुमा रहेको छ ।

नेप्सेका अनुसार १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी सबै ९ वटामा हरियो लागेको छ । यसदिन कुल २९४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ९० करोड ९१ लख ९८ हजार ५७० रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरको कारोबार भएको छ । कम्पनीको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले घटेको हो ।