रोजगारीको अवसर: आयोगले माग्याे ३ सय ८१ जना अधिकृत

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडाैं, २८ मंसिर । जागिरकाे खाेजिमा रहेकाहरूकाे लागि प्रतिष्पर्धाबाट जािगर खाने माैका आएकाे छ । लोकसेवा आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेपछि याे माैका जुरेकाे हाे ।

आयोगले सूचना प्रकाशित गरेर २७३ जना अधिकृतहरूकाे नियुक्तकाे लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेकाे छ । 

यस्तै निजामतीतर्फ सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह)तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरिएकाे छ ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट आन्तरिक बढुवाका लागि निजामती सेवामा १०६ जना मागेकाे छ । मानवअधिकार सेवातर्फ २ जनाको बढुवा गरिने भएकाे छ ।

आयोगले माग गरेका साे पदमा दरखास्त दिने अवधि पुस १७ गतेसम्म रहेकाे छ । साे अवधिसम्म दरखास्त दिन नभ्याउनेले दाेब्बर दस्तुर तिरेर पुस २४ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन अनलाइनबाट दिन सकिनेछ ।

लोकसेवा आयोगले प्रकाशन गरेकाे सूचना यहाँ छ