अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ २ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४३ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ५३ पैसा रहेको छ।

मुद्राकाे भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुकाे आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुनेगर्दछ ।

आजको मूल्यसूचीः