
काठमाडौं, २८ मंसिर । बुद्धभूमि नेपाल हाइड्रोपावरले पुस २० गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने बताएकाे छ । सभामा भाग लिनका लागि सेयरलगानीकर्ताहरूले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।
हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि गरिएकाे प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । साधारण सभा अम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजेदेखि डाकिएकाे छ ।
कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएकाे छ । सभाका लागि पनि याे एजेण्डा समावेस नहुने भएकाे छ । साधारणा सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाब, वित्तीय अवस्था लगायतका विषयमा छलफल हुने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।
सभाबाट कम्पनीकाे १५० प्रतिशत हकप्रद सेयर निष्कासनकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ४० करोड रहेको छ । हकप्रद सेयर जारी भएपछि यसकाे आकार रूपैयाँ १ अर्ब पुग्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




