कुमारी बैंककाे कर्जाकाे प्रिमियम दर ३.५ प्रतिशत मात्र

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ मंसिर। कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर घटाउने भएकाे छ। बैंकले आगामी पाैष १६ गतेदेखि लागु हुने गरी कर्जाको प्रिमियमदरलाई अधिकतम ३.५ प्रतिशत कायम राख्ने निणर्य गरेकाे बताइएको छ।

यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरुमा लागु हुने कुमारी बैंक लिमिटेडले जानकारी दिएकाे छ।

बैंकले बर्तमान प्रतिकुल अवस्थामा आर्थिक गतिविधि थप चलायमान हुने उद्देश्यका साथ याे प्रिमियम दर घटाउने निर्णय गरेको बताएको छ।