अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ७ पैसा र बिक्रीदर १०० सय रुपैयाँ ५२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुनेगर्दछ ।

आजको मूल्यसूचीः