नबिल बैंककाे ३ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हाे ।

बैंकले कुल इकाईबाट १८ लाख इकाई बैंकले व्यक्तिगत रूपमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएकाे छ । त्यसमा बाँकी रहने १२ लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।

सर्वसाधारणका लागि बाँडफाँड गरिने ऋणपत्रबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि रहेकाे छ । बैंकले ७ वर्ष अवधि रहेकाे ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ बिक्रीमा ल्याएकाे हो । यसकाे वार्षिक ब्याजदर ९ प्रतिशत रहेकाे छ ।

साे ऋणपत्रमा घटीमा २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन पाइनेछ । यसका लागि पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे अवधिससम्म माग अनुसारकाे ऋणपत्र बिक्री नभएकाे खण्डमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले ऋणपत्रमा लगानीका लागि सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्रकाे बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।