कामना सेवा विकास बैंकको चिफ बिजनेस अफिसरमा सुवेदी नियुक्त

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ मंसिर । कामना सेवा विकास बैंकको चिफ बिजनेस अफिसरमा युवा बैकर दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले शुक्रवार एक कार्यक्रमका बिच स्वागत गरेका हुन।

करिव १७ वर्षको बैकिङ क्षेत्रकाे अनुभव भएका सुवेदीले अाज शुक्रवारदेखि आफ्नो पदवहाली गरेका छन् । उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनुअघि सांग्रिला डेभलपमेण्ट बैंकमा कार्यरत थिए ।

सुवेदीको नियुक्तीसागैं बैंकको व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने बैंकले विश्वास लिएको छ। पदीय जिम्मेवारी ग्रहण गर्दै बैकका नवनियुक्त चिफ बिजनेस अफिसर दिपेन्द्र सुवेदीले बैकले गरेकाे बिश्वासलाइ उच्च कदर गर्दै अाफ्नाे क्षमताले भ्याएसम्म कामना सेवा विकास बैंकलाइ अग्रणी बिकाश बैकका रूपमा स्थापित गर्ने कार्यमा लागिपर्ने बताए ।

बैंकले हाल देशभरका विभिन्न स्थानमा रहेका १ सय ३५ वटा शाखा संजाल, ७७ वटा एटिएमवाट अत्याधुनिक बितिय सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।