सुन तोलामा १८ सय ५० ले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     पौष १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
छापावाल सुनमा रुपैयाँ १८ सय ५० ले घटेको छ भने चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १८ सय ५० ले गिरावट भई तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सय ५० ले गिरावट भई तोलाको १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।