अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो र अन्य देशको मुद्राको भाउमा घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ र बिक्रीदर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ २२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९२ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ९२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुनेगर्दछ ।

आजको मूल्यसूचीः