हिमालयन रि इन्स्योरेन्सकाे आइपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित



काठमाडाैं, २ पुस । हिमालयन रि इन्स्योरेन्सकाे सेयर (आइपीओ)मा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेकाे छ । यसअघि कम्पनीले माग गरे अनुसारकाे आवेदन नपरेपछि आइतबार म्याद थपेर पुस ११ गतेसम्मकाे समय ताेकिएकाे थियो ।

तर आइतबार मागभन्दा बढी आवेदन परेपछि आजसम्म सेयर भर्न पाइने भएकाे हाे । आइतबार साँझ ५०ः०९ बजेसम्म १४ लाख ६० हजार ११७ लगानीकर्ताले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । जाे सर्वसाधारणका लागि जारी भएको सेयरकाे मागभन्दा १.१२ गुणा बढी हो । 

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । यसअघि रूपैयाँ ३ अर्ब बराबरको ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। यसमा प्रतिसेयर अंकित रूपैयाँ १०० मा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २०६ रुपैयाँकाे दरले हुने ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर खुलाएकाे हाे ।

यसमा ६ लाख कित्ता कर्मचारीका लागि रहेकाे छ । वैदेशिक रोजगारीमा गएकाहरूकाे लागि ३ करोड कित्ता बाँडफाँड भइसकेकाे छ । सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता बाँडफाँड भइसकेपछि दोस्रो चरणमा बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिएकाे हो।

लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन पाउने छन्। सेबाेनबाट स्वीकृति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ।

यस्तै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।