लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित




काठमाडाैं, २ पुस । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्नका लागि पुस २४ गते साधारण सभा डाकेकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न घाेषणा गरिएकाे लाभांश प्रस्ताव लगायतका प्रस्तावहरू अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे।

होटलकाे २७ औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे सुरू हुने जनाइएकाे छ।

सभाबाट ११ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव तथा ४ प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरिने भएकाे छ। सेयरधनीहरूले पुस ११ गतेसम्म नेप्सेमा सेयर कारोबार गरि कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउने र लाभांश पाउन याेग्य मानिने छन्।