सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

यसरी भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार २ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहि तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार ४ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।