नेप्सेमा ३८.१४ अंककाे बृद्धि, करिब ७ अर्बकाे काराेबार

- हिमाल दोलखा हाइड्रोपावर काराेबारमा अब्बल

-



     सफल आवाज    
     पौष २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ पुस । लगातार नेप्से उकालोको यात्रामा गएको छ । यसले अर्थबजार सकारात्मक लयमा जान लागेको आकलन गरिएको छ भने लगानीकर्ताहरुमा उत्साहित बनाएकाे छ ।

साताको सेयर कारोबार हुने आज सोमबार दोश्रो दिन हो । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा हरियो लाग्नुले लगानीकर्ताहरुको मनोबल उच्च बनाएकाे सहजै थाहा पाउन सकिन्छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.५६ अंकले बढेर ३९०.६३ विन्दुमा रहेको छ ।

यसदिन कुल ३०५ कम्पनीहरुको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ । यसदिन १३ उपसमूहरुमध्येमा एउटा बाहेक सबैमा हरियो लागेको नेप्सेले जनाएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । केहिदिन यता यो कम्पनीको सेयरमूल्य बढिनै रहेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.८६ प्रतिशतले बढेको छ ।