मंगलबार सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा घटबढ भएको छ ।

यसदिन सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।