२१०६.४८ विन्दुमा नेप्से परिसूचक, करिब ६ करोडकाे कारोबार

- शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएपछि उकालाे लाग्न थालेकाे नेप्सेकाे यात्रा यथावत रहेकाे छ । मंगलबार सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन आज बुधबार नेप्सेमा उछाल आउँदा लगानीकर्ताहरु पनि उत्साहित भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.०५ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ ।

यसदिन सबै उपसमूहहरु १३ वटैमा हरियाली छाएको छ । कुल ३१३ कम्पनीहरुको सेयर खदिरबिक्री भएको छ । उनीहरुको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २०२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आज पनि बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य घटेको छ । सो स्किमकाे सेयरमूल्य ७.२६ प्रतिशतले घटेको हो ।