बुधबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यसिदन यूरो लगायतका अन्कोय देशहरूकाे मुद्राकाे भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २० पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०० रुपैयाँ १३ पैसा रहेको छ । मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः