यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित



काठमाडाैं, ४ पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलले साधारण सभा डाकेका छन् । यसअनुसार दुबै कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

दुबै कम्पनीले साधारण सभाकाे प्रयाेजनका लागि भाेलि पुस ५ गते बुकक्लाेज हुने जनाएका छन्। लगानीकर्ता सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयरकाे कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू मात्रै लाभांश पाउन र सभामा भाग लिन याेग्य हुनेछन् ।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावरले यही पुस २४ गते काठमाडाैं, थापागाउँ नयाँ बानेश्रवरमा रहेकाे अर्पण ब्यान्केटमा २३ औं साधारण सभा बाेलाएकाे छ। उक्त सभा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट १०.५२६३ प्रतिशतका दरले ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन हुनेछ ।

सभामा सेयरधनीहरुबाट ७ र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डा पेश हुनेछन्।

सोल्टी होटल

सोल्टी होटल लिमिटेडकाे ४९औं साधारण सभा पुस २६ गते बाेलाइएकाे छ । सभा नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान साढे १० बजे बाेलाइएकाे छ।

सभाबाट २६.५७८ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस सेयर वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ ।