नेप्सेको उकालोको यात्रा जारी, ७ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ पुस । नेप्सेको उकालोको यात्रा जारी रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि सेयर बजार सकारात्मक लयमा फर्किएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ४०२.६३ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँ १३ पैसाकाे कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २६८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाको सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ३.८२ प्रतिशतले घटेको छ ।