
काठमाडाैं, ५ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा डाकेका छन् ।
यी दुई कम्पनीले साधारण सभाकाे प्रयाेजनका लागि बुक क्लाेज गरिसकेकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस ६ गते शुक्रबार बुक क्लाेज हुने बताएकाे छ । उता चिलिमे जलविद्युत कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने बताएकाे छ ।
दुबै कम्पनीकाे लाभांश पाउन तथा साधारणा सभामा सहभािग हुनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य मानिनेछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते साधारण सभा डाकेकाे छ । बैंककाे ५औं साधारण सभा अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा पाँचौँ वार्षिक साधारण सभा डाकिएकाे छ। सभा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाबाट ४.२१०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । यस्तै सञ्चालकहरूको चयन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु माथि छलफल गरी पनि पारित गरिनेछ ।
चिलिमे हाइड्रोपावर
चिलिमे हाइड्रोपावर कम्पनीकाे २७औं साधारण सभा पुस २० गते बाेलाइएकाे छ । सभाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिनेछ ।
यसमा १० प्रतिशत बोनस रहेको छ । ५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । साधारण सभा राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




