गरिमा विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     पौष ५ गते २०८० मा प्रकाशित



काठमाडाैं, ५ पुस। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने भएकाे छ। हिजाे बुधबार बसेको बैक सञ्चालक समितिको २९७औं बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको बताइएकाे छ ।

प्रस्ताबित लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति र विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैकले जनाएकाे छ।

हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा रहेकोमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

हाल गरिमा विकास बैंकले देशभरका १ सय २३ शाखा कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आईरहेको छ ।