लाभांश पारित गर्न सपाेर्ट लघुवित्तले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ पुस। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न यसअघि घोषणा गरिएकाे लाभांश पारित गर्न पुस २७ गते नवौँ वार्षिक साधारण सभा डाकेकाे हाे ।

साधारण सभा इटहरीकाे दुर्गा पार्टी प्यालेसमा पुस २७ गते बिहान साढे ९ बजे डाकिएकाे सभाबाट १३ प्रतिशत दरले बोनस तथा र त्यसकाे कर प्रयोजनका लागि ०.६८४ प्रतिशत नगद लाभांशसहित १३.६८४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुने भएकाे छ ।

यसतै सभाले अन्य उपयुक्त लागेका लघुवित्तसँग गाभ्ने गाभिने कार्यका लागि काम गर्ने अख्तियारी स‌न्चालक समितलाई दिनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चुक्ता पूँजीमा वृद्धि, संस्थापक सेयरधनीबाट ४ जना सन्चालक र सर्वसाधारणबाट १ गरी ५ जना सञ्चालकको चयन गरिने भएकाे छ । यस्तै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरु सभामा छलफल गरी पारित गरिने भएकाे छ।

साधारण सभाकाे प्रयोजनका लागि पुस १६ गते बुकक्लोज गरिने भएकाे छ। यसका लागि लगानीकर्ताहरुले पुस १२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग दिन र लाभाश पाउन याेगय मानिनेछन् ।