शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ पुस । साताको सुनचाँदीको कारोबार हुने छैटौं तथा अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

यसदिन सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ

छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबि सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख १९ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५ ले बढेर कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।